Thursday, May 7, 2020

जिन्दगी चलिरह्यो


                      
                              " जिन्दगी चलिरह्यो "

धेरै मिठा मिठा सपना देखेँ,
अनि झिनो प्रकाशले अख्रीएको सितलाई तप तप पगाले जसरी सपनाहरु पग्लिरह्यो ....
जिन्दगी चलिरह्यो ।

साेचेँ सबै सपनाहरु पुरा हुने भए त सपना र वास्तविकतामा के नै अन्तर रहन्थ्यो र ,
इच्छा  तेत्तिकै हराइरह्यो ....
जिन्दगी चलिरह्यो ।

भोली कुर्दै गर्दा त्यही भोली आज भएको पत्तै चलेन,
फेरी त्यही अाजको भोली कस्ताे अाउला भनी कुरियो ....
जिन्दगी चलिरह्यो ।

रहरहरु कति हो कति तारा झै थपिरह्यो, मनमा नयाँ पालुवाहरु झै पलाईरह्यो,
कति आकाङ्क्षाहरु गुम्साउदै, आशाहरु बिस्तारै मरिगयाे ....
जिन्दगी चलिरह्यो ।

सानो पलहरुमा रमाउदै, हावाको बेगसँग बरालीदै कति पटक लडियो, उठ्न पनि सिकियो ....
जिन्दगी चलिरह्यो ।

कहिले त्यसै फुरुङ्ग हुने मन त कहिले अनेक कुराले चिस्याइदियाे, अाेइलाइदियाे,  सम्हालिन नसकिने पो होकी भनेर डर लागिरह्यो ....
जिन्दगी चलिरह्यो ।

भागी रहन्छु, दौडी रहन्छु, पाइला कतै फिस्लिएला,
आफ्नो गन्तब्य थाहा पाउदा नपाउदै दिन कटिरह्यो ....
जिन्दगी चलिरह्यो ।

आखिर यहि नै त हो जिन्दगीको मिठास,
इच्छा, जिज्ञासा, त्रुटि ,यसमै त छ लुकेको प्रिय खुशी ,
जिन्दगीको यिनै रङ्गहरुमा डुबुल्की मार्दै, जिन्दगीको रहस्यलाई अंगालो हाल्दै, सासहरु फेरिरह्योि ....

तै पनि यो साला जिन्दगी चलिरह्यो ।



No comments:

Post a Comment